नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक ध्रुव बहादुर के.सी.उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाण-पत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०२।०८ गते ।
-------------------------------------------------
नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक ध्रुव बहादुर के.सी.ले झुठ्ठा/नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी नियुक्ति लिएको भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले त्रिभुवन विश्वविद्यालय, परीक्ष नियन्त्रण कार्यालय, बल्खु, काठमाडौंबाट आई.ए. तह उत्तीर्ण गरेको भन्ने झुठ्ठा एवं नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी मिति २०५२।८।३ मा प्रहरी जवान पदमा नियुक्ति भई सोही प्रमाणको आधारमा मिति २०५९।११।१६ मा प्रहरी हवल्दार र मिति २०६३।११।९ मा प्रहरी सहायक निरीक्षक पदमा बढुवा भई मिति २०७०।९।९ सम्म सरकारी सेवामा बहाल रही लाभ लिएको पुष्टि हुन आएकोले निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) द्वारा परिभाषित कसुर गरेको देखिन आएको हुँदा निज प्रहरी सहायक निरीक्षक ध्रुव बहादुर के.सी.लाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा(२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादब उपर बिगो रु. रु.५,७९,६२,४४०।३९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/29
जिल्ला जाजरकोट, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियरसमेत ८ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/28
डिभिजन वन कार्यालय, कैलालीमा कार्यरत वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादव उपर बिगो रु.७,३१,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/18
जिल्ला कास्की, पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नं ०९ का वडा सदस्य भावना श्रेष्ठसमेत २ जना उपर घुस/रिसवत लिई/दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/18