जिल्ला नुवाकोट, डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत १० औं तह जय मंगल प्रसाद रू.१,००,०००/- रकमसहित नियन्त्रणमा ।
प्रेस विज्ञप्ति :- मिति २०७७।०१।२८ गते ।
----------------------------------------------
जिल्ला नुवाकोट, डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत १० औं तह जय मंगल प्रसादले खानीसम्बन्धि कामको लागी बिभिन्न बर बहाना गरी काममा अवरोध सृजना गर्दै सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज जय मंगल प्रसादलाई सेवाग्राहीसँग रु.१,००,०००।– (एक लाख) घुस/रिसवत बापतको रकम लिईसकेको अवस्थामा उक्त रकमसहित बिदुर नगरपालिका वडा नं. २, नुवाकोट स्थित डिभिजन वन कार्यालयको कम्पाउण्ड भित्र रहेको निजकै निवासबाट मिति २०७७/०१/२७ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Download
Tweet