मालपोत कार्यालय धादिङका नायव सुब्बा (कम्प्युटर अपरेटर) सूर्य अधिकारीसमेत २ जना रू.५,०००/- रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।३० गते । 
-------------------------------------------- 
जिल्ला धादिङ, जिवनपुरमा ४ रोपनी जग्गाको रजिष्ट्रेसन पास गर्ने क्रममा लेखापढी ब्यवसायी मार्फत सरोकारवालासंग घुस/रिसवत लिएको सूचना एवं उजुरीका आधारमा उक्त कार्य वापत रु.५,०००।– (पाँच हजार) मालपोत कार्यालय धादिङका नायव सुब्बा (कम्प्युटर अपरेटर) सूर्य अधिकारीलाई दिदै लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज सूर्य अधिकारी र लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठलाई उक्त रकम सहित मालपोत कार्यालय परिसरवाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

 प्रवक्ता
प्रदीपकुमार कोइराला

Download