कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठ घुस/रिसवत लिने दिने क्रममा नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।२९ गते ।
-------------------------------------------

कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत नायब सुब्बा डोर प्रसाद पन्थीले अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिहरुबाट काम सहज गरिदिए बापत घुस/रिसवत माग गरेको भन्ने सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठ बिच रु. ५,०००।–(पाँच हजार) लिने दिने क्रममा उक्त रकमसहित निजहरु दुवैलाई कार्यालय परिसरबाट मिति २०७६।११।२८ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release