ट्राफिक प्रहरी पोष्ट रामनगर, बुटवल, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक सुर्य बहादुर अधिकारी रु.५,०००।– घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।२६ गते ।
--------------------------------------------

प्रहरी चौकी खिदिम, अर्घाखाँची दरबन्दी भई हाल ट्राफिक प्रहरी पोष्ट रामनगर, बुटवल रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक सुर्य बहादुर अधिकारीले बिभिन्न बहाना बनाई डर त्रास देखाई टिप्पर गाडी रोकी दु:ख हैरानी दिने गरेको र टिप्पर आवत जावतमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज सुर्य बहादुर अधिकारीलाई सेवाग्राहीबाट रु. ५,०००।– (पाँच हजार) घुस/रिसवत लिइसकेको अवस्थामा जिल्ला रुपन्देही, बुटवल उप- महानगरपालिका वडा नं. ०८ स्थित ट्राफिक प्रहरी पोष्ट रामनगरबाट उक्त रकमसहित मिति २०७६।१०।२४ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 


 प्रवक्ता 
प्रदीपकुमार कोइराला

 

Download