नापी कार्यालय, बाँकेमा कार्यरत सर्भेक्षक यामबहादुर खत्री र आफूलाई लेखापढी कार्य गर्ने बताउने प्रताप के.सी. रु. ३५,०००।– घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।२२ गते ।
--------------------------------------------

नापी कार्यालय, बाँकेमा कार्यरत सर्भेक्षक यामबहादुर खत्री र आफूलाई लेखापढी कार्य गर्ने बताउने प्रताप के.सी.ले हालसाविक भिडाउने काम बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निजहरु याबहादुर खत्री र प्रताप के.सी. लाई सेवाग्राहीबाट रु.३५,०००/- (पैतीस हजार) घुस/रिसवत लिएको अवस्थामा उक्त रकमसहित निजहरु दुबैजनालाई नापी कार्यालय बाँकेबाट  नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।


 प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release