जनकपुर भन्सार कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारी रु. १,५०,०००।– घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।२१ गते ।
--------------------------------------------

जनकपुर भन्सार कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारीले नेपाल-भारत सिमा बजारबाट घरायसी सामानहरु ल्याउन सहज गराई दिन्छु भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज अहमद रजा अन्सारीलाई सेवाग्राहीबाट रु. १,५०,०००।– (एक लाख पचास हजार) घुस/रिसवत लिइसकेको अवस्थामा जनकपुर उप-महानगरपालिका वडा नं. ८ पिडारी चोक, धनुषाबाट उक्त रकमसहित मिति २०७६।१०।२० गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 


 प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release