आन्तरिक राजस्व कार्यालय, भरतपुर, चितवनमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारी रु. १०,०००।- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।१४ गते ।
--------------------------------------------

आन्तरिक राजस्व कार्यालय, भरतपुर, चितवनमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारीले बिद्युतिय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिई गएको टोलीले निज रामकुमार अधिकारीलाई सेवाग्राहीसँग रु. १०,०००।– (दस हजार) घुस/रिसवत लिइसकेको अवस्थामा निजकै कार्यकक्षबाट उक्त रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 

 प्रवक्ता 
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release