श्री पिपलचौतरा माध्यमिक विद्यालय डुङ्गेश्वर ५ दैलेखका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनौट समितिको संयोजक भक्त बहादुर शाहीसहित ३ (तीन) जना थप अनुसन्धानको लागि नियन्त्रणमा ।
प्रेस विज्ञप्ति :- मिति २०७६।१०।०९ गते ।
--------------------------------------------
श्री पिपलचौतरा माध्यमिक विद्यालय डुङ्गेश्वर ५ दैलेखका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एंव शिक्षक छनौट समितिको संयोजक भक्त बहादुर शाहीले राहत दरबन्दी नि.मा.वि. तह सामाजिक बिषय शिक्षकको गाउँपालिकाबाट संचालन गरिएको शिक्षक छनौट परीक्षा संचालन हुनु अगावै परीक्षार्थीहरुलाई म्यासेन्जरमार्फत प्रश्नपत्र तथा उत्तर कुन्जिका पठाई शिक्षक छनौट गरेको भन्ने उजुरी एंव सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट अनुसन्धान हुँदा उक्त परीक्षामा सहभागी भै छनौट भएका शिक्षक घनश्याम भण्डारी र बैकल्पिक उम्मेदवार दल बहादुर वि.क. लाई म्यासेन्जरमार्फत प्रश्नपत्र र उत्तर कुन्जिका (Answer Key) पठाई अख्तियार दुरुपयोग गरेको खुल्न आएको हुँदा निजहरु भक्त बहादुर शाही, घनश्याम भण्डारी र दल बहादुर बि.क.लाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Download