बागचौर नगर कार्यपालिकाको कार्यालय, सल्यानका तत्कालीन सब-इन्जिनियर थमन योगीसहित ६ जनाउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।०५ गते ।
---------------------------------------------------

भानुभक्त नि.मा.वि.धनचुली हुँदै चिल्ढाले सडक निर्माणमा बढी भुक्तानी भन्ने व्यहोराको उजुरीउपर अनुसन्धान हुँदा भानुभक्त नि.मा.वि. धनचुली हुँदै चिल्ढाले सडक निर्माण आयोजनामा बागचौर नगर कार्यपालिकाको कार्यालय, सल्यानका तत्कालीन सब-इन्जिनियर थमन योगी तथा असिस्टेन्ट सब-इन्जिनियर तोरण बहादुर विष्टले नेपाल सरकारलाई गैरकानूनी हानि पुर्‍याउने बदनियतले बिना आधार अस्वाभाविक किसिमबाट बढी काम तथा लागत देखाउने, मनासिब कारण बिना शर्त तथा मापदण्डविपरीत निर्माण कार्य गर्ने गराउने र झुट्टा बिल भरपाई बनाई सोबाट रू.७७,७७५।२२ को बढी रकम भुक्तानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (क), (ग), (ङ) र सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको प्रमाणित हुन आएकोले निजहरू तत्कालीन सब-इन्जिनियर थमन योगी तथा असिस्टेन्ट सब-इन्जिनियर तोरण बहादुर विष्टलाई रू.७७,७७५।२२ (सतहत्तर हजार सातसय पचहत्तर रुपैयाँ बाइस पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी सोही दफा ८ को उपदफा (१) बमोजिम बिगो असुलउपर हुन र सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन समेतको मागदाबी लिएको ।

साथै भानुभक्त नि.मा.वि. धनचुली हुँदै चिल्ढाले सडक निर्माण आयोजनाका अध्यक्ष डिम्बर बहादुर कामी, कोषाध्यक्ष कर्ण बहादुर वि.क. तथा सचिव अनिता वि.क.ले तत्कालीन सब-इन्जिनियर थमन योगी र असिस्टेन्ट सब-इन्जिनियर तोरण बहादुर विष्टसमेतको मिलेमतोमा बदनियतपूर्वक सत्यतथ्यलाई लुकाई नभएको नगरेको कामलाई गरेको भनी झुट्टा नापी किताब एवम् कार्यसम्पन्न प्रतिवेदन बनाउन लगाई, झुट्टा डोरहाजिरी फाराम पेश गरी नेपाल सरकारलाई गैरकानूनी हानि पुर्‍याई आफूहरूलाई व्यक्तिगत रुपमा गैरकानूनी लाभ पुर्‍याउनका लागि साइटमा नगरे नगराएको कामको परिमाणको नापी गराई, झुट्टा बिल भरपाई तयार गरी/गराई पेश गरेको एवम् उक्त सडक निर्माण कार्यसम्पन्न भएपश्चात् राख्नुपर्ने उपभोक्ताहरूको बैठक नराखी बदनियतपूर्वक उपभोक्ताहरूको सम्झौता गर्दाको बैठकको उपस्थितिको नामावली भएको प्रतिलिपि बीचमा राखी उपभोक्ताहरूको बैठक राखेको र कार्य सम्पन्न भएको निर्णय गरेको समेत देखाउन उपभोक्ता समितिको कागजात गैरकानूनी तरिकाले हेरफेर गर्ने कार्यसमेत गरेको पुष्टि हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको प्रमाणित हुन आएकोले निजहरू अध्यक्ष डिम्बर बहादुर कामी, कोषाध्यक्ष कर्ण बहादुर वि.क. तथा सचिव अनिता वि.क.लाई रू.७७,७७५।२२ (सतहत्तर हजार सातसय पचहत्तर रुपैयाँ बाइस पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी सोही दफा ८ को उपदफा (४) बमोजिम बिगो असुलउपर गरी जफत हुन मागदाबी लिएको ।

त्यसैगरी बागचौर नगरपालिकाको वडा नं. २ का वडाध्यक्ष घनश्याम शर्माले उक्त आयोजनाको नापजाँच तथा अनुगमन नै नगरी १०० मिटर मात्र नयाँ ट्रयाक निर्माण भएको अवस्थामा बदनियतपूर्वक नभएको कामको समेत भएको भनी गलत लिखत तयार गरी सिफारिस गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको प्रमाणित हुन आएकोले निज वडाध्यक्ष घनश्याम शर्मालाई सोही ऐनको दफा ९ बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21