मालपोत कार्यालय साँखु, काठमाडौंका नायव सुब्बा रामेश्वर कुइकेल र लेखापढी ब्यवसायी श्रीराम सापकोटा घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२२ गते ।
--------------------------------------------
मालपोत कार्यालय साँखु, काठमाडौंका नायव सुब्बा रामेश्वर कुइकेलले लेखापढी ब्यवसायी श्रीराम सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे वापत रू.२,०००/- (दुई हजार) घुस/रिसवत लिदैंगर्दाको अबस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज नायव सुब्बा रामेश्वर कुइकेल र लेखापढी ब्यवसायी श्रीराम सापकोटालाई उक्त रकमसहित मालपोत कार्यालय साँखु परिसरबाट मिति २०७६।०९।२१ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release