नापी कार्यालय, वीरगञ्ज, पर्सामा कार्यरत सर्भेक्षक रामनरेश पासवान रु.७५,०००।- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२१ गते । 
-------------------------------------------- 
नापी कार्यालय, वीरगञ्ज, पर्सामा कार्यरत सर्भेक्षक रामनरेश पासवानले जग्गा हालसाबिक गरि पुनः नापीको जग्गाधनी प्रमाणपुर्जा बनाइदिने भनी विभिन्न बहाना गरी सेवाग्राहीसँग पटकपटक घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिई गएको टोलीले निज सर्भेक्षक रामनरेश पासवानलाई रु.७५,०००/- (पचहत्तर हजार) घुस/रिसवत लिदैंगर्दाको अबस्थामा उक्त रकमसहित उक्त नापी कार्यालय अन्तरगत २ नं. नापी टोलीको कार्यालय वीरगञ्ज, पर्साबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download