सडक डिभिजन कार्यालय, लहान सिराहाका निमित्त डिभिजन प्रमुख विनोद साह रु.३,००,०००।- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।१९ गते ।
-------------------------------------------------------

सडक डिभिजन कार्यालय, लहान सिराहाका निमित्त डिभिजन प्रमुख विनोद साहले सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बील भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज विनोद साहलाई सेवाग्राहीबाट रु. ३,००,०००।-(तीन लाख) घुस/रिसवत लिइसकेको अवस्थामा सोही कार्यालयको परिसरमा रहेको कार्यालय प्रमुख आवास भित्रको बैठक कक्षबाट मिति २०७६।०९।१८ गते उक्त रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

 प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release