सडक डिभिजन कार्यालय, लहान सिराहाका इन्जिनियर नविनकुमार साह र सव-इन्जिनियर विरेन्द्रकुमार साह रु.१५,९६,०००।- घुस रकमसहित नियन्त्रणमा


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।१९ गते ।
-------------------------------------------------------

सडक डिभिजन कार्यालय, लहान सिराहाका इन्जिनियर नविनकुमार साह र सव-इन्जिनियर विरेन्द्रकुमार साहले सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बील भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निजहरु नविनकुमार साह र विरेन्द्रकुमार साहले सेवाग्राहीबाट रु. १५,९६,०००।–(पन्ध्र लाख छयानब्बे हजार) घुस/रिसवत लिइसकेको अवस्थामा सोही कार्यालयको परिसरमा रहेको कर्मचारी आवास भित्रबाट मिति २०७६।०९।१८ गते उक्त रकमसहित दुवैलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

 प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download