सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवार, काठमाडौंका खरिदार त्रिलोचना पोखरेलउपर बिगो रु. ८३,०००।– कायम गरी आरोपपत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।१६ गते ।
-----------------------------------------

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवार, काठमाडौंका खरिदार त्रिलोचना पोखरेलले किर्ते दस्तखत गरी मिटिङ माइन्युट, बैठक भत्ता तथा विभिन्न ५ वटा सडकहरुको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गरी उक्त प्रतिवेदन स्वीकृतसमेत गरी पत्राचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा खरिदार त्रिलोचना पोखरेलले प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तयार गर्ने क्रममा किर्ते मिटिङ माइन्युट र बैठक भत्ता बुझेको भरपाई तथा स्वीकृतिपत्र तयार गरेको साथै बैठक भत्तावापत भनी झुठ्ठा व्यहोराको भरपाई बनाई सो कार्य गरिदिएवापत सेवाग्राहीबाट घुस/रिसवत रु. ८३,०००।- बुझिलिएको पुष्टि हुन आएको देखिंदा जिम्मेवार राष्ट्रसेवक कर्मचारीले मन्त्रालय तथा मन्त्रालयका कर्मचारीहरुलाई हानि पुर्‍याउने बदनियतले उक्त गलत लिखत तयार गरी अनधिकृत रुपमा घुस लिएको हुँदा निज त्रिलोचना पोखरेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ९ बमोजिमको समेत कसुर अपराध गरेको पुष्टि हुन आएकोले निजलाई घुस/रिसवतको बिगो रु. ८३,०००।– (त्रियासी हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) र सोही ऐनको दफा ९ बमोजिम सजाय हुन र बिगो रकम निजबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

तत्कालीन जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराई, केशव प्रसाद दाहाल र ज्ञानमणि नेपाल, प्रधानाध्यापक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत १३ जना उपर गैरकानूनी लाभ वा हानी पुर्‍याउने वदनियतले कार्य गरेको एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/31
नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादब उपर बिगो रु. रु.५,७९,६२,४४०।३९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/29
जिल्ला जाजरकोट, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियरसमेत ८ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/28