यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष आनन्द केशरी पोखरेल र ट्रायल परीक्षा समितिका सदस्य तथा तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठउपर आरोपपत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।११ गते ।
---------------------------------------------------

यातायात व्यवस्था कार्यालय बुटवल, रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख आनन्द केशरी पोखरेलले ट्रायल फेल भएका व्यक्तिबाट रकम लिई सवारी चालक अनुमतिपत्र वितरण गरेको भन्ने उजुरी निवेदनउपर अनुसन्धान हुँदा तत्कालीन यातायात व्यवस्था कार्यालय बुटवलका कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष आनन्द केशरी पोखरेल र ट्रायल परीक्षा समितिका सदस्य तथा तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठले आफ्नो कार्यकालमा ट्रायल परीक्षामा Fail/Absent भएका ७१ जना (New License- 71) लाई रिजल्टमा पास भएको भनी निर्णय गरी फेल भएकाहरुको नाममा सवारी चालक अनुमतिपत्र जारी गरी परीक्षाको परिणाम फेरवदल गरेको देखिएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर भएकोले निजहरुलाई सोही ऐनको दफा १३ बमोजिम कैद र जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21