Online
Complaint
visit nepal logo

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

जिल्ला मोरङ स्थित इलाका प्रहरी कार्यालय, उर्लाबारीमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठ घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।११ गते ।
-------------------------------------------

जिल्ला मोरङ स्थित इलाका प्रहरी कार्यालय, उर्लाबारीमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठले काठ फर्निचरको कारोबारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज राजु श्रेष्ठलाई सेवाग्राहीबाट रु. ८,०००/- (आठ हजार) घुस/रिसवत लिइसकेको अवस्थामा झापा जिल्ला दमक नगरपालिका वडा नं. ४ ताराबारीको काठमिलबाट उक्त रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download Now