पशुसेवा विभाग हरिहरभवन ललितपुरका लेखा अधिकृत रमेश कार्की रु.८,५००।– घुस रकम लिएको अवस्थामा नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०९ गते ।
-------------------------------------------

पशुसेवा विभाग हरिहरभवन ललितपुरका लेखा अधिकृत रमेश कार्कीले सेवाग्राहीसँग कार्यालयसँग सम्बन्धित सूचना बिज्ञापन पत्रिकामा प्रकाशित गरिदिए पश्चात भुक्तानी दिएको रकमबाट घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज रमेश कार्कीलाई सेवाग्राहीबाट घुस/रिसवत वापतको रकम रु. ८,५००/- (आठ हजार पाँच सय) लिएको अवस्थामा सोही कार्यालयबाट उक्त रकमसहित मिति २०७६।०९।०८ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download