नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र बाराका इलेक्ट्रिक हेल्पर (तह २) राजदेव महतो कोइरीउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०२ गते ।
---------------------------------------------------

नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र, बाराका इलेक्ट्रिकल हेल्पर (तह २) राजदेव महतो कोइरीले नयाँ विद्युत मिटर जडान गर्नको लागि सिफारिस गरी दिने भनी सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिई गएको टोलीले निज राजदेव महतो कोइरीलाई रु.९,०००।–(नौ हजार) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको सिलसिलामा नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र, बाराका इलेक्ट्रिकल हेल्पर (तह२) राजदेव महतो कोइरीले सेवाग्राहीसँग नयाँ मिटर जडान गर्ने प्रयोजनको लागि रु. ९,०००।– घुस/रिसवत लिएको तथ्य पुष्टि हुन आएकोमा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको भ्रष्टाचारजन्य कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निज प्रतिवादी राजदेव महतो कोइरीलाई बिगो रु. ९,०००।– (नौ हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

तत्कालीन जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराई, केशव प्रसाद दाहाल र ज्ञानमणि नेपाल, प्रधानाध्यापक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत १३ जना उपर गैरकानूनी लाभ वा हानी पुर्‍याउने वदनियतले कार्य गरेको एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/31
नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादब उपर बिगो रु. रु.५,७९,६२,४४०।३९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/29
जिल्ला जाजरकोट, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियरसमेत ८ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/28
डिभिजन वन कार्यालय, कैलालीमा कार्यरत वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादव उपर बिगो रु.७,३१,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/18