Online
Complaint
visit nepal logo

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

नेपाल विद्युत प्राधिकरण, दमक वितरण केन्द्र, झापामा हेल्पर (तह-२) पदमा कार्यरत समसेर तामाङउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०१ गते ।
---------------------------------------------------

नेपाल विद्युत प्राधिकरण, दमक वितरण केन्द्र, झापामा हेल्पर (तह-२) पदमा कार्यरत समसेर तामाङको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले श्री लक्ष्मी मा.वि. धरमपुर झापाबाट कक्षा ९ उत्तीर्ण गरेको झुठ्ठा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी कार्यरत रही लाभसमेत लिएको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download Now
  

Other Press Release

श्री सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सिया, कन्चनपुरका शिक्षक इन्द्रसिंह थापा उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2020/02/27
भीमदत्त नगरपालिका-३ स्थित साकेत धाम विष्णु मन्दिर (विष्णु धाम) खुडकिला निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर विष्टउपर बिगो रु. ४,५०,०००।– कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर।
2020/02/27
साँस्कृतिक संस्थान जमल, काठमाडौंका नृत्य कलाकार, तह-५ का नरेन्द्र कुमार आले मगरउपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2020/02/27
नेपाल प्रहरीका तत्कालीन प्रहरी नायब निरीक्षक बिष्णुप्रसाद दलाली उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2020/02/27
सुर्खेत जिल्ला चौकुने गाउँपालिका वडा नं. १ स्थित कोटदरवार सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष बलबहादुर कठायत उपर बिगो रु. ७९,०००।– कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर।
2020/02/26
छोटी भन्सार कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारी उपर बिगो रु. १,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोपपत्र दायर।
2020/02/26
डुङ्गेश्वर गाउँपालिका वडा नं. ५, दैलेखस्थित श्री पिपल चौतारा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा डुङ्गेश्वर गाउँपालिका वडा नं. ५ का वडा सदस्य भक्त बहादुर शाहीसमेत ४ जनाउपर प्रश्नपत्रको गोपनियता भंग गरेको सम्बन्धमा आरोपपत्र दायर।
2020/02/26