गुठी संस्थान त्रिपुरेश्वर, काठमाडौंका प्रमुख प्रशासक श्री नारायण चौधरी र उप-प्रशासक जयप्रसाद रेग्मी घुस वापतको रकम लिने/फिर्ता गर्ने विषयमा अनुसन्धानका लागि नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०१ गते ।
-------------------------------------------

गुठी संस्थान त्रिपुरेश्वर, काठमाडौंका प्रमुख प्रशासक श्री नारायण चौधरी र उप-प्रशासक जयप्रसाद रेग्मीले जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. १ स्थित जग्गा सम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गर्नको लागि घुस/रिसवत लिएको तथा फिर्तासमेत गरेको भन्ने सूचना एवं प्रमाणको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निजहरु श्री नारायण चौधरी र जयप्रसाद रेग्मीलाई घुस वापतको रकम लिने/फिर्ता गर्ने विषयका लागि नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download