४० हजार घुस रकम सहित महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापा नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।२५ गते ।
---------------------

महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापाले सेवाग्राहीको महानगरीय अपराध महाशाखा, काठमाडौंमा दर्ता रही जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भई प्रतिवादी उपर कानुन बमोजिम पक्राउ गर्नु पर्नेमा सो नगरी ठगी भएको रकम असुल उपर गराउने बातावरण मिलाई दिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज प्रहरी निरीक्षक जय नेपाल थापालाई रू.४०,०००/- (चालिस हजार) घुस वापतको रकम लिईसकेको अवस्थामा ललितपुर महानगरपालिका वडा नं. १५ स्थित शुद्ध साकाहारी खाजाघरबाट उक्त घुस रकम सहित रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release