ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत प्रहरी नायब निरीक्षक हेमन्त के.सी. घुस रकम सहित नियन्त्रणमा


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।२२ गते ।
-------------------------------------------
ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत प्रहरी नायब निरीक्षक हेमन्त के.सी.ले सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाइदिए वापत सेवाग्राहीसँग घुस रकम माग गर्ने गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज प्रहरी नायब निरीक्षक हेमन्त के.सी.लाई रु.७,०००।-(सात हजार रुपैया) घुस वापतको रकम लिईसकेको अवस्थामा दाङ जिल्ला घोराही उप-महानगरपालिका वडा नं. १५ स्थित जिल्ला प्रशासन कार्याल अगाडीको वली होटलबाट उक्त घुस रकम सहित रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download