ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी सहायक निरीक्षक नबिनकुमार झा घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१७ गते ।
-------------------------------------------

ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी सहायक निरीक्षक नबिनकुमार झाले ट्रिपरको सम्पूर्ण कागजात हुँदा हुँदै पनि बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको र नदिएमा ट्रिपर चल्न नदिने भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज प्रहरी सहायक निरीक्षक नबिनकुमार झालाई सेवाग्राहीबाट रु. १,०००।–(एक हजार) लिइसकेको अवस्थामा क्षिरेश्वरनाथ नगरपालिका वडा नं ५ धनुषा स्थित सखुवा चोकमा रहेको प्रहरी बिटबाट मिति २०७६।०८।१६ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release