शहरी विकास तथा भवन निर्माण बिभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढी, कैलालीका इन्जिनीयर त्रिलोक जोशी घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१४ गते ।
-------------------------------------------
शहरी विकास तथा भवन निर्माण बिभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढी, कैलालीका इन्जिनीयर त्रिलोक जोशीले भवन निर्माण ठेक्का सम्झौताको रनिङ बिल तयार र म्याद थप लगायतका काम गरि दिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निज इन्जिनीयर त्रिलोक जोशीलाई घुस/रिसवत वापतको रू.२,५०,०००/- (दुई लाख पचास हजार) रकम लिइसकेको अवस्थामा उक्त रकम सहित निजको कार्यकक्षबाट मिति २०७६।०८।१३ गते रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download