रुकुम जिल्ला अदालतका नायब सुव्बा रमेशकुमार खड्का उपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।०६ गते ।
---------------------------------------

जिल्ला अदालत पश्चिम रुकुम, मुसिकोटमा कार्यरत नायब सुव्बा रमेशकुमार खड्काले अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई  जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई पटक-पटक मोलमोलाई गरी रु.६०,०००।–(साठी हजार) बाट घुस रकम बार्गेनिङ गरी अन्तिममा रु.१५,०००।–(पन्ध्र हजार) नदिइकन कागजपत्र नदिने भनी सेवाग्राहीलाई दु:ख दिइरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले निजलाई सेवाग्राहीबाट रु.१५,०००।- (पन्ध्र हजार) घुस/रिसवतवापतको रकम माग गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा रुकुम जिल्ला अदालतका नायब सुव्बा रमेशकुमार खड्काले सम्मानित रुकुम जिल्ला अदालतको फैसला बमोजिम सेवाग्राहीलाई दाखिला पुर्जीको कागजात उपलब्ध गराउनु पर्नेमा नगराई विभिन्न बरबहानामा रकमको बार्गेनिङ गरी शुरुमा रु. ६०,०००।– (साठी हजार) र पछि विभिन्न रकम तोकी अन्त्यमा रु. १५,०००।–(पन्ध्र हजार) दिनुपर्ने नत्र काम नगरिदिने भनी आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्वक सेवाग्राहीलाई घुस/रिसवत दिन वाध्यतामा पारी सोवापत रु. १५,०००।–लिई आउन सम्मानित अदालतको परिसरभित्रै पटक-पटक बोलाएकोमा अदालतको गरिमासमेतलाई मध्यनजर गरी सेवाग्राहीले अदालतभित्र प्रवेश गरी उक्त रकम उपलव्ध नगराई निज रमेश कुमार खड्कालाई अदालत परिसरबाट बाहिर निस्केपछि नियन्त्रणमा लिएको व्यहोरा पुष्टि हुन आएकोले निज रमेश कुमार खड्काले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराधको उद्योग कसुर गरेको देखिंदा निजलाई विगो रु. १५,०००।–कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ ले निर्देशन गरे अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) खण्ड (क) बमोजिम सजायको आधा सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला जाजरकोट, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियरसमेत ८ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/28
डिभिजन वन कार्यालय, कैलालीमा कार्यरत वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादव उपर बिगो रु.७,३१,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/18
जिल्ला कास्की, पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नं ०९ का वडा सदस्य भावना श्रेष्ठसमेत २ जना उपर घुस/रिसवत लिई/दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/18
जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर, वडा अध्यक्षसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/17