जिल्ला कन्चनपुर, ईलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान दिपक चौधरीउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।०५ गते ।
--------------------------------------------

जिल्ला कन्चनपुर, ईलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान दिपक चौधरीले बजारहरूमा ब्यबसायीहरूको माग बमोजिम भारतको स्थानीय बजार बनबासाबाट मालसामान क्यारिङ गरी ल्याउने क्रममा भन्सार शुल्क तिरिसके पश्चात पनि शुल्क बाहेकको रकम सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिई गएको टोलीले निज प्रहरी जवान दिपक चौधरीलाई सेवाग्राहीसँग रु. ५,०००।-(पाँच हजार) घुस वापतको रकम लिईसकेको अवस्थामा उक्त घुस रकमसहित  रङ्गेहात नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा सेवाग्राहीले भारतको बनबासा बजारबाट मालसामान क्यारिङ गर्ने क्रममा भन्सार तिरिसके पश्चात पनि सामान भित्र्याउन सहजीकरण गरी दिने प्रयोजनार्थ जिल्ला कन्चनपुर, ईलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान दिपक चौधरीले सेवाग्राहीसँग घुस/रिसवत लिएको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको देखिंदा निज प्रहरी जवान दिपक चौधरीलाई विगो रु. ५,०००।-(पाँच हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21