मोरङ जिल्ला जहदा गाउँपालिका वडा नं. १ का कार्यवाहक वडाअध्यक्ष उमेशकुमार साह घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।०३ गते ।
------------------------------------------
मोरङ जिल्ला जहदा गाउँपालिका वडा नं. १ का कार्यवाहक वडाअध्यक्ष उमेशकुमार साहले वडा नं. १ स्थित, हरिलाल सर्वरियाको घरदेखि बाँधसम्मको ग्राभेल सडक निर्माण योजनाको सम्झौता गरी कार्यान्वयन लगायतका कार्यमा सहजिकरण गरी दिने प्रयोजनका लागि घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निजलाई सेवाग्राहीसँग रु.२१,०००।–(एक्काइस हजार) घुस/रिसवत वापतको रकम बुझि लिई सकेको अवस्थामा वडा नं. १ बुधनगरको वडा कार्यालयबाट घुस रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download