भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा, कपिलवस्तुका खरिदारद्वय सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरी बिरुद्ध आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।२८ गते ।
---------------------------------------
 
भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा,  कपिलवस्तुका खरिदारद्वय  सूर्यप्रसाद मिश्र  र दुर्गाप्रसाद चौधरीले जग्गाको मोही नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निजहरू खरिदारद्वय  सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरीलाई सेवाग्राहीसँग रु.६,०००।–(छ हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा,  कपिलवस्तुका खरिदारद्वय  सूर्यप्रसाद मिश्र  र दुर्गाप्रसाद चौधरीले समयमै काम नगरी सेवाग्राहीको मोही नामसारी गराउनका लागि वारेस भई निवेदकले उक्त कार्य गराउँदा नियमानुसार काम गरी दिने प्रयोजनका लागि भनी रु. ६,०००।– (छ हजार) निवेदकसँग घुस/रिसवत वापत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले आरोपीहरु सूर्यप्रसाद मिश्र  र दुर्गाप्रसाद चौधरीलाई विगो रु.६,०००।–(छ हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

तत्कालीन जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराई, केशव प्रसाद दाहाल र ज्ञानमणि नेपाल, प्रधानाध्यापक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत १३ जना उपर गैरकानूनी लाभ वा हानी पुर्‍याउने वदनियतले कार्य गरेको एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/31
नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादब उपर बिगो रु. रु.५,७९,६२,४४०।३९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/29
जिल्ला जाजरकोट, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियरसमेत ८ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/28