महाराजगंज नगरपालिका,नगर कार्यपालिकाको कार्यालय, महाराजगंज, कपिलवस्तुका इन्जिनियर (करार) संतोषकुमार चौधरी बिरुद्ध आरोपपत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।२७ गते ।
---------------------------------------------
 
कपिलवस्तु जिल्ला, महाराजगंज नगरपालिका, कपिलवस्तुमा करार कर्मचारी भर्नाको सूचना अनुसार दरखास्त दिएका सिभिल इञ्जिनियर पदका उम्मेदवारले ई-विडिङ सम्बन्धी विषयको तालिम (Electronic Government Procurement (E-GP) Training) को किर्ते सर्टिफिकेट बनाई कर्मचारी र उम्मेदवारको मिलेमतोमा आफ्नो मान्छेलाई मात्र संक्षिप्त सूचीमा राखी नियुक्त गरेको भन्ने उजुरीउपर अनुसन्धान हुँदा महाराजगंज नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, महाराजगंज कपिलवस्तुका इन्जिनियर संतोषकुमार चौधरीले नक्कली झुठ्ठा ई-विडिङ सम्बन्धी विषयको तालिम (Electronic Government Procurement (E-GP) Training) को प्रमाणपत्र पेश गरी उक्त कार्यालयको इन्जिनियर (करार) पदमा नियुक्ति भई सरकारी सेवा सुविधा लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर गरेको देखिंदा निज इन्जिनियर संतोषकुमार चौधरीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

तत्कालीन जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराई, केशव प्रसाद दाहाल र ज्ञानमणि नेपाल, प्रधानाध्यापक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत १३ जना उपर गैरकानूनी लाभ वा हानी पुर्‍याउने वदनियतले कार्य गरेको एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/31
नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादब उपर बिगो रु. रु.५,७९,६२,४४०।३९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/29
जिल्ला जाजरकोट, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियरसमेत ८ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/28
डिभिजन वन कार्यालय, कैलालीमा कार्यरत वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादव उपर बिगो रु.७,३१,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/18