नापी कार्यालय कास्कीका सर्वेक्षक सन्तोष भण्डारी उपर आरोप पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।०७ गते ।
---------------------------------------

नापी कार्यालय कास्कीका सर्वेक्षक सन्तोष भण्डारीले जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्य गरिदिने बहानामा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले निज सर्वेक्षक सन्तोष भण्डारीलाई सेवाग्राहीसँग रू.१०,०००/- (दश हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित पोखरा महानगरपालिका वडा नं.९ स्थित बुद्ध चोक नजिकैबाट रंगेहात नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा नापी कार्यालय कास्कीका सर्वेक्षक सन्तोष भण्डारीले घुस/रिसवत लिएको देखिदाँ राष्ट्रसेवक कर्मचारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निज सन्तोष भण्डारीलाई विगो रु. १०,०००।– (दश हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३  को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (क) बमोजिम जरिवाना र कैद सजायको मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10