श्रीसिया नौ.त.ज.गाउँ विकास समिति पर्साका तत्कालीन गाविस सचिव जितेन्द्र कुमार मिश्रसमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको छ ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।२९ गते 
-------------------------------------------
जिल्ला पर्सा श्रीसिया गाविस वडा नं. ५ बस्ने विनोद साह गोढले वडा नं. १ देखि ५ सम्म सडकमा माटो पुरी ग्रावेल सडक निर्माण गर्ने कार्यको लागि पेश्की उठाई निजले काम नगरी सचिव र ओभरसियर बिन्देश्वर यादबसमेतलाई खुवाई सम्पूर्ण रूपैयाँ निजी कार्यमा प्रयोग गरी हिनामिना गरेकोले आवश्यक कारबाही गरी पाउँ भन्ने व्यहोराको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साविक श्रीसिया नौ.त.ज.गाविस वडा नं.१ देखी ९ सम्म सडकमा माटो पुरी ग्रावेलिङ्ग गर्ने आयोजनाका लागि उपभोक्ता समितिका अध्यक्ष विनोद साह गोढले पेश्की लिई सम्झौता बमोजिम योजनाको कुनै पनि काम नगरी पेश्की फछर्यौटका लागि आवश्यक कागज प्रमाण पेश नगरेको अवस्थामा उक्त पेश्की लिंदा गरेको कबुलियतनामाको शर्त विपरीत तत्कालीन गा.वि.स. सचिव सत्यदेव ठाकुर भन्ने सत्यदेव प्रसाद हजाम र श्रीसिया नौ.त.ज.गाउँ विकास समितिका तत्कालीन गाविस सचिव जितेन्द्र कुमार मिश्रले निज विनोद साह गोढलाई अनधिकृत रूपमा बदनियतपूर्वक पेश्कीमाथि पेश्की दिई रू.४,००,०००।–(चार लाख) सरकारी रकम हिनामिना तथा हानिनोक्सानी गराएको पुष्टि हुन आई निज सत्यदेव ठाकुर भन्ने सत्यदेव प्रसाद हजाम र जितेन्द्र कुमार मिश्रको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको सप्रमाण पुष्टि भएकोले निजहरूद्वयलाई विगो रू.४,००,०००।–(चार लाख) कायम गरी भ्रष्टचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) बमोजिम सजाय गरी हानिनोक्सानी भएको विगो समेत सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदावी लिइएको ।
साथै उपभोक्ता समितिका अध्यक्ष विनोद साह गोढले सरकारी रकम लिने खाने बदनियत राखी बाटो ग्राबेलिङ्गका लागि भनी साविकको श्रीसिया गाविसको कार्यालयबाट रू.४,००,०००।–(चार लाख ) बुझिलिई सम्झौता बमोजिमको कार्य नगरी आफैले गरेको कबुलियतनामाको शर्तसमेत उल्लंघन गरी सो रकम आफ्नो व्यक्तिगत प्रयोजनमा खर्च गरी खाईमासी हिनामिना गरी गैरकानूनी लाभ लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको सप्रमाण पुष्टि भएकोले निजलाई विगो रू.४,००,०००।–(चार लाख) कायम गरी ऐ. ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र हानिनोक्सानी गरेको विगो सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम निजबाट असुलउपर गरी जफत हुनसमेत मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
जिल्ला कालिकोट, पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद कुस्मासमेत ८ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/09