सशस्त्र प्रहरी सिमा सुरक्षा बल भजनी, कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञान बहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतीराम चौधरी घुस रकम सहित नियन्त्रणमा


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।१७ गते ।
------------------------------------------

सशस्त्र प्रहरी सिमा सुरक्षा बल भजनी, कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञान बहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतीराम चौधरीले भारतबाट मालसामान क्यारीङ गरि ल्याउने क्रममा भन्सार शुल्ल तिरिसके पश्चात पनि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिई गएको टोलीले निज सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञान बहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतीराम चौधरीलाई सेवाग्राहीसँग रू.२०,०००/- (बीस हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित भजनी नगरपालिका १ स्थित वेलकम कटेज नजिकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download