लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.काठमाडौं टोखाका ओभरसियर प्रशान्त चौधरी घुस रकम सहित नियन्त्रणमा


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।१५ गते ।
------------------------------------------

लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.काठमाडौं टोखाका ओभरसियर प्रशान्त चौधरीले टोखा नगरपालिकाबाट भवन निर्माण सम्पन्न प्रमाण-पत्र लिनको लागि टोखा नगरपालिकाका कर्मचारीसमेतलाई मिलाउनको लागि भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले  निज ओभरसियर प्रशान्त चौधरीलाई सेवाग्राहीसँग रु.५,००,०००।– (पाँच लाख) घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त रकम सहित निजकै कार्यालय परिसरबाट मिति २०७६।०६।१४ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download