ईलाका प्रहरी कार्यालय मंगलापुर रूपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक खिमबहादुर जि सी घुस रकम सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।६।१३ गते ।
------------------------------------------
ईलाका प्रहरी कार्यालय मंगलापुर, रूपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक खिमबहादुर जि.सी.ले बिमा सिफारिस गरिदिने प्रयोजनको लागी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज प्रहरी नायव निरीक्षक खिमबहादुर जि.सी.लाई सेवाग्राहीसँग रु.१५,०००।–(पन्ध्र हजार)  घुस वापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै उक्त घुस रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download