सशस्त्र प्रहरी बल, बेश क्याम्प सेमरी, नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)का सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानेन्द्र मौर्य घुस रकम सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।१० गते ।
------------------------------------------
सशस्त्र प्रहरी बल, बेश क्याम्प सेमरी, नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)का सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानेन्द्र मौर्यले व्यक्तिगत घरायसी प्रयोजनका लागि चाहिने सामान ओसार पोसारमा सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग पटक पटक घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानेन्द्र मौर्यलाई सेवाग्राहीसँग रू.७,०००/- (सात हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा प्रतापपुर गाउँपालिका वडा नं. २ स्थित नौलो किराना पसलबाट उक्त घुस रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराल

Download