यातायात व्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख गंभिर सिंह बिष्टसमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।०८ गते ।
------------------------------------------
यातायात व्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख गंभिर सिंह बिष्ट, अधिकृत(सातौं) भुवन जोशी र अधिकृत( छैठौं) जयराज कारीगरले सेवाग्राहीको सवारी साधन बिक्री गरी नामसारी गरी दिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निजहरू निमित्त कार्यालय प्रमुख गंभिर सिंह बिष्ट, अधिकृत(सातौं) भुवन जोशी र अधिकृत( छैठौं) जयराज कारीगरलाई सेवाग्राहीसँग घुस रिसवत वापत लिएको रू.१५,०००।-(पन्ध्र हजार) सहित रंगेहात नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा निजहरू निमित्त कार्यालय प्रमुख गंभिर सिंह बिष्ट, अधिकृत(सातौं) भुवन जोशी र अधिकृत( छैठौं) जयराज कारीगरले एक आपसमा मिलेमतो गरी सेवाग्राहीलाई दु:ख हैरानी दिई काममा आलटाल गरी गाडी बिक्री गरी नाससारी गरिदिएबापत रू.१५ हजार घुस रकम माग गरी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निजहरूलाई विगो रू.१५,०००।–(पन्ध्र हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ । 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

तत्कालीन जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराई, केशव प्रसाद दाहाल र ज्ञानमणि नेपाल, प्रधानाध्यापक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत १३ जना उपर गैरकानूनी लाभ वा हानी पुर्‍याउने वदनियतले कार्य गरेको एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/31
नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादब उपर बिगो रु. रु.५,७९,६२,४४०।३९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/29
जिल्ला जाजरकोट, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियरसमेत ८ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/28
डिभिजन वन कार्यालय, कैलालीमा कार्यरत वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादव उपर बिगो रु.७,३१,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/18