क्षेत्रीय प्रहरी तालिम केन्द्र, नेपालगञ्जका प्रहरी नायव निरीक्षक देवराज बि.सी. उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०६।०७ गते 
-------------------------------------------

क्षेत्रीय प्रहरी तालिम केन्द्र, नेपालगञ्जका प्रहरी नायव निरीक्षक देवराज बि.सी.ले नेपाल प्रहरीमा नक्कली सर्टिफिकेट पेश गरी बढुवामा काम गर्ने भएकोले निजको सर्टिफिकेट छानविन गरी कारवाही गरीपाउँ भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज पूर्व प्रहरी नायव निरीक्षक देवराज बि.सी.ले नेपाल प्रहरीमा बढुवा प्रयोजनको लागि पेश गरेको आई.ए. तहको शैक्षिक योग्यताको प्रमाण-पत्र माध्यमिक शिक्षा परिषद्, वाराणसी, भारतबाट प्राप्त झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी निज पूर्व प्रहरी नायव निरीक्षक देवराज बि.सी.ले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदिपकुमार कोइराला

Download
  

Other Press Release

तत्कालीन जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराई, केशव प्रसाद दाहाल र ज्ञानमणि नेपाल, प्रधानाध्यापक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत १३ जना उपर गैरकानूनी लाभ वा हानी पुर्‍याउने वदनियतले कार्य गरेको एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/31
नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादब उपर बिगो रु. रु.५,७९,६२,४४०।३९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/29
जिल्ला जाजरकोट, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियरसमेत ८ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/28