यातायात ब्यवस्था कार्यालय साना ठुला सवारी ३ नम्वर प्रदेश, ललितपुरका सिनियर ईलेक्ट्रिसियन (रा.प.अन. प्रथम) रुपक प्रसाद गुरागाई घुस रकमवापतको बैंक भौचर सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।०२ गते ।
------------------------------------------
यातायात ब्यवस्था कार्यालय साना ठुला सवारी ३ नम्वर प्रदेश, ललितपुरका सिनियर ईलेक्ट्रिसियन (रा.प.अन. प्रथम)  रुपक प्रसाद गुरागाईले बिद्युतिय सवारी साधनहरुको बाटो इजाजत पत्रका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज रूपक प्रसाद गुरागाईलाई सेवाग्राहीबाट रू.६०,०००।- (साठी हजार) घुसवापतको रकम बैंक खतामा दाखिला गर्न लगाई सोको बैंक भौचर लिएको अबस्थामा उक्त बैंक भौचर सहित निजकै कार्यालयको अभिलेख शाखाबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराल

Download