जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका ईन्जिनियर भोगेन्द्र साहसमेत ४ जना उपर आरोप-पत्र दायर गरिएको


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।०१ गते ।
------------------------------------------
जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय दोलखाका प्रमुख सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारीले बिभिन्न उपभोक्ता समितिहरु तथा अन्य कम्पनीहरूसंग घुस रकम लिई बा. १ झ ५२८० नम्बरको सरकारी गाडीमा काठमाण्डौ आउँदै गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंबाट खटिई गएको टोलीले उक्त नम्बरको सवारी साधनलाई जिल्ला भक्तपुर, जगाती भन्ने स्थानबाट नियन्त्रणमा लिई कानून बमोजिम खानतलासी गर्दा जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारीको साथबाट रू.१३,३८,५००।-(तेह्र लाख अठतिस हजार पाँच सय) र सोहि गाडीमा रहेका जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका ईन्जिनियर भोगेन्द्र साहको साथबाट रू.१,२९,१०५।-(एक लाख उनान्तीस हजार एक सय पाँच) शंकास्पद नगद फेला परेकोले सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारी, ईन्जिनियर भोगेन्द्र साहलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका ईन्जिनियर भोगेन्द्र प्रसाद साहले भुक्तानी रकमको करिव १३ प्रतिशतले हुने रु. ५,८५,०००।– को चेक भेषनाथ सापकोटाको नाममा काट्न लगाई उक्त चेक साट्न लगाई उक्त घुस/रिसवत रकम भागबण्डा गरी लिएको।कोईरालाटार सिँचाई आयोजना, कोईरालाटार सिंचाई जल उपभोक्ता समितिका अध्यक्ष रत्न प्रसाद आचार्यसँग सव-ईन्जिनियर सरिता दहाललाई घुस/रिसवत रकम माग गर्न लगाई निज सरिता दहालले रत्न प्रसाद आचार्यसँग रु.८५,०००।– माग गरी लिई निश्चल काफ्लेको जिम्मा दिई एक-आपसमा भागबण्डा गरी लिएको । इन्द्रावती बगर करिडोर आयोजनाको कोईरालाटार धुसेनिफाँट तथा बस्ति संरक्षण उपभोक्ता समितिका सचिब बद्रि आचार्य भन्ने समुन्द्र आचार्यसँग सव-ईन्जिनियर सरिता दहाललाई घुस/रिसवत रकम माग गर्न लगाई निज सरिता दहालले बद्रि आचार्य भन्ने समुन्द्र आचार्यसँग रु.२९,०००।– माग गरी लिई निश्चल काफ्लेको जिम्मा दिई एक-आपसमा भागबण्डा गरी जम्मा रु.६,९९,०००।- (छ लाख उनान्सय हजार रुपैयाँ) लिई भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन आएकाले उक्त बिगोको आधारमा निज राष्ट्रसेवक कर्मचारी ईन्जिनियर भोगेन्द्र प्रसाद साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिदाँ निज उपर सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन र सोही दफा ३ को उपदफा (१) बमोजिम विगो कायम गरी बरामदी रु.१,२९,१०५–  (एक लाख उनन्तीस हजार एक सय पाँच रुपैयाँ) जफत गरी बाँकी रु.५,६९,८९५।-  (पाँच लाख उनान्सत्तरी हजार आठ सय पञ्चानब्बे रुपैँया) निज प्रतिवादीबाट असुल उपर गरी जफत हुन समेत मागदावी लिईएको।

ईन्जिनियर निश्चल काफ्ले, सव-ईन्जिनियर रोशन बजगाईं, सव-ईन्जिनियर सरिता दहाल समेतको उपस्थितीमा माझीगाँउ बस्ती संरक्षण कार्य उपभोक्ता समितिका अध्यक्ष नातिकाजी कार्कीलाई भुक्तानी रकमको करिव १३ प्रतिशतले हुने रु. ५,८५,०००।– को चेक भेषनाथ सापकोटाको नाममा काट्न लगाई उक्त चेक साट्न लगाई उक्त घुस/रिसवत रकम भागबण्डा गरी लिएको।कोईरालाटार सिंचाई जलउपभोक्ता समितिका अध्यक्ष रत्न प्रसाद आचार्यसँग निज सरिता दहालले रु.८५,०००।– र इन्द्रवती बगर करिडोर आयोजनाको कोईरालाटार धुसेनिफाँट तथा बस्ति संरक्षण उपभोक्ता समितिका सचिब बद्रि आचार्य भन्ने समुन्द्र आचार्यसँग रु.२९,०००।– माग गरी लिई निश्चल काफ्लेको जिम्मा दिई एक-आपसमा भागबण्डा गरी जम्मा रु.६,९९,०००।– (छ लाख उनान्सय हजार रुपैयाँ) लिई भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन आएकाले उक्त बिगोको आधारमा निज राष्ट्रसेवक कर्मचारीहरू ईन्जिनियर निश्चल काफ्ले, सव-ईन्जिनियर रोशन बजगाईं, सव-ईन्जिनियर सरिता दहालले  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिंदा निजहरू निश्चल काफ्ले, रोशन बजगाईं, सरिता दहाललाई जनही विगो रु.६,९९,०००।– (छ लाख उनान्सय हजार रुपैयाँ) सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम घुस रिसवत बापत लिएको रकम निज प्रतिवादीहरूबाट असुलउपर गरी जफत हुनसमेत मागदावी लिनइएको।
 
साथै जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका ईन्जिनियर भोगेन्द्र प्रसाद साह, ईन्जिनियर निश्चल काफ्ले, सव-ईन्जिनियर रोशन बजगाईं र सव-ईन्जिनियर सरिता दहाललाई घुस/रिसवत दिने तथा नेपाल बैंक लि.को चेक साटिदिने माझीगाँउ बस्ती संरक्षण कार्य उपभोक्ता समितिका अध्यक्ष नातिकाजी कार्की, कोईरालाटार सिंचाई जलउपभोक्ता समितिका अध्यक्ष रत्न प्रसाद आचार्य, इन्द्रावती बगर करिडोर आयोजनाको कोईरालाटार धुसेनिफाँट तथा बस्ती संरक्षण उपभोक्ता समितिका अध्यक्ष चिरञ्जिवी आचार्य र सोहि समितिका सचिब बद्रि आचार्य भन्ने समुन्द्र आचार्य र जिल्ला सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ बस्ने बर्ष २६ का भेषनाथ सापकोटा र ऐ ऐ वतन भई बर्ष २५ का कृष्ण प्रसाद सापकोटाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिम घुस रिसवत दिने कसुर गरेको हुँदा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड बमोजिम सजाय हुने भएतापनि आयोगमा पर्न आएको उजुरी उपरको छानविनको क्रममा यथार्थ विवरण खुलाई अनुसन्धानको कार्यमा आयोगलाई सहयोग गरेको देखिदा निजहरू नातिकाजी कार्की, रत्न प्रसाद आचार्य, चिरञ्जिवी आचार्य र सचिब बद्रि आचार्य भन्ने समुन्द्र आचार्य र भेषनाथ सापकोटा र कृष्ण प्रसाद सापकोटाका हकमा सजायको मागदावी नलिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सरकारी साक्षीको रुपमा प्रस्तुत गरी निजहरुलाई सजायको मागदावीमा पूर्ण छुट दिएको ।

प्रवक्ता
प्रदिपकुमार कोइराला 

Download
  

Other Press Release

नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम प्रसाद खनाल, निर्देशक/बरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशक/निर्देशक मिन प्रसाद अर्याल, सहायक निर्देशक/उपनिर्देशक विनोद चन्द्र श्रेष्ठसमेत १९ जना र २ वटा कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/28
जिल्ला सिराहा, कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसमेत ५ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/27
बिराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासमेत ४ जना र Dev International Pvt. Ltd. उपर राजस्व चुहावट, सरकारी कागजात नोक्सान एवं गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/26
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन नि. कार्यालय प्रमुख डा. सुनिल कुमार यादव, वडा अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/25
सामाजिक विकास इकाई कार्यालय, राजविराज, ‍सप्तरीका सव-इन्जिनियर अजय रजक उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/22
काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत (रा.प. तृतीय श्रेणी/करार) याम कुमार कार्कीउपर रु.३,२१,३२,९५६।७५ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/21
जिल्ला सर्लाही, हरिपुर नगरपालिकाका तत्कालीन उप-प्रमुख रेणुका देवी काफ्ले, निमित्त प्रमुख प्रशासकिय अधिकृत नइन्द्र कुमार पौडेल, वडाध्यक्षसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/18
ईशनाथ नगरपालिका, रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ता, इन्जिनियर, प्रधानाध्यापकसमेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/18