अध्यागमन विभागमा कार्यरत तत्कालीन अध्यागमन अधिकृत सुरेश सुवेदीउपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।२३ गते
----------------------------------------- 
साउदी अरेवियन नागरिक Alzahrani Mohammed Hussain A लाई साउदी अरेवियन दूतावास र नेपालको अद्यागमन विभागका केही कर्मचारीहरूले मिलेमतोमा रेकर्डसमेत नराखी गैर-पर्यटकीय भिसाबापतको रकम सरकारको राजस्व खातामा दाखिला नगरी गैर-पर्यकटीय भिसा दिई प्रस्थान अनुमतिसमेत दिइसके पछि लेनदेनमा कुरा नमिली पुन: पक्राउ गरेको भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा गैर-पर्यटकीय भिसा शाखामा कार्यरत तत्कालीन अध्यागमन अधिकृत सुरेश सुवेदीले निजको जिम्मामा रहेका नं. ००१९५५ को सक्कलै गैर-पर्यटकीय भिसा दुरुपयोग गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) को कसुर गरेको संलग्न कागज प्रमाणबाट पुष्टि हुन आएको हुँदा प्रचलित अध्यागमन ऐन, २०४९ र अध्यागमन नियमावली बमोजिमको प्रक्रिया पूरा नगरी निज साउदी अरेबियन नागरिक Alzaharani Mohammed Hussain A को नं. P७५८५६७ को राहदानीमा टाँस गरी जारी गरेको भिसा स्टिकरबापत नेपाल सरकारलाई हानीनोक्सानी भएको भिसाबापतको ७२८ (सातसय अठ्ठाईस) अमेरिकन डलर, बिलम्ब शुल्कबापत १०९२ (एक हजार बयानब्बे) अमेरिकी डलरसहित जम्मा १८२० अमेरिकी डलरको तत्कालीन मितिमा कायम रहेको विदेशी मुद्रा बिनिमय दर १(एक) अमेरिकी डलरको ने.रू. १०६।०५ ले हुन आउने नेपाली रुपैयाँ रू.१,९३,०११।-(अक्षरेपी एक लाख त्रियानब्बे हजार एघार रुपैयाँ) र अध्यागमन ऐन, २०४९ को दफा १०(४) को कसुरबमोजिम हुने जरिवाना रू.५०,०००।-(अक्षरेपी पचास हजार रुपैयाँ) समेत कुल रकम रू.२,४३,०११।- (अक्षरेपी दुई लाख त्रिचालीस हजार एघार रुपैयाँ) बिगो कायम गरी निज सुरेश सुवेदीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजायँ गर्न ऐ. ऐनको दफा ७ बमोजिम उक्त विगो रू.२,४३,०११।- को दोब्बर रू. ४,८६,०२२।–(अक्षरेपी चार लाख छयासी हजार बाईस रुपैयाँ) जरिवानाको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ । 

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

यातायात व्यवस्था कार्यालय सावरी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसमेत ४ जना उपर गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/30
नवराजपुर गाउँपालिका, सिरहाका तत्कालीन गाउँपालिका अध्यक्ष विश्व मोहन प्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसमेत १३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/27
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीमा कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा कार्यरत पूर्ण सिंह विष्ट उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला रुकुम पश्चिम, बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसमेत ४ जना र निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/21
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसमेत ५ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/19