जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गमहिरा साह तेली घुस रकम सहित नियन्त्रणमा


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।२३ गते ।
------------------------------------------
जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गमहिरा साह तेलीले जिल्ला प्रहरी कार्यालय पर्साबाट कमसल आयुर्वेदिक औषधी दिएको भन्ने समेत टुङ्गिइसकेको उजुरी मिलाईदिने भनी  सेवाग्राहीसँग पटक पटक घुस/रिसवत रकम माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय,  हेटौंडा मकवानपुरबाट खटिई गएको टोलीले निज प्रहरी जवान गमहिरा साह तेलीलाई सेवाग्राहीसँग रु.५,०००।–(पाँचहजार)  घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त घुसवापतको रकम सहित वीरगञ्ज महानगरपालिका वडा नं. ६ माईस्थान चोक स्थित मिठाईपसलबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download