भानु माध्यमिक विद्यालय, कंञ्ज, शंकरपुर, कञ्चनपुरका शिक्षक नन्दलाल तिरूवा उपर आरोप-पत्र दायर गरिएको
प्रेस विज्ञप्ति :- मिति २०७६।०५।१७ गते ।
---------------------------------------------
भानु माध्यमिक विद्यालय, कंञ्ज, शंकरपुर, कञ्चनपुरमा प्रा.वि. तहको अनुदान (राहत) दरवन्दीका शिक्षक नन्दलाल तिरूवा विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
निज शिक्षक नन्दलाल तिरूवाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने व्यहोराको उजुरीउपर अनुसन्धान हुँदा निजले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट प्राप्त हाइस्कुल तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्राथमिक शिक्षक राहत कोटाको दरबन्दीमा कार्यरत भई लाभसमेत लिएको देखिंदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज शिक्षक नन्दलाल तिरूवालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रदीपकुमार कोइराला
प्रवक्ता