बिद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौंमा कार्यरत शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के.सी.घुस रकम सहित नियन्त्रणमा


प्रेस विज्ञप्ति- मिति २०७६।०५।१५ गते
-----------------------------------------

बिद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौंमा कार्यरत शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के.सी.ले अस्थायी शिक्षकबाट राजिनामा दिए पश्चात गोल्डेन हेण्डसेक बापतको रकम कलमको रेकर्ड मिलान गरी दिनका लागि सेवाग्राहीसँग रू.१५,०००/- (पन्द्र हजार) घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के.सी.लाई सेवाग्राहीबाट घुस/रिसवत वापतको रकम रू.१५,०००/- (पन्द्र हजार) लिइसकेको अवस्थामा उक्त रकम सहित निज राजेन्द्र कुमार के.सी.को कार्यकक्षबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release