यातायात ब्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख गंभिर सिंह बिष्ट, अधिकृत(सातौं) भुवन जोशी र अधिकृत( छैठौं) जयराज कारीगर घुस रकम सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।१३ गते ।
------------------------------------------
यातायात ब्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख गंभिर सिंह बिष्ट, अधिकृत(सातौं) भुवन जोशी र अधिकृत( छैठौं) जयराज कारीगरले सेवाग्राहीको सवारी साधन बिक्री गरी नामसारी गरी दिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निजहरू निमित्त कार्यालय प्रमुख गंभिर सिंह बिष्ट, अधिकृत(सातौं) भुवन जोशी र अधिकृत( छैठौं) जयराज कारीगरलाई सेवाग्राहीसँग घुस रिसवत वापतलिएको रू.१५,०००।-(पन्ध्र हजार) र श्रोत खुल्न नसकेको रकम रू.१,५१,१००–(एक लाख एकाउन्न हजार एक सय ) समेत गरी जम्मा रकम रू.१,६६,१००।–(एक लाख छैसठ्ठी हजार एक सय) निजहरूबाट बरामद गरी कार्यालय परिसरबाटै मिति २०७६।०५।१२ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release