जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक मोहन यादब घुस रकम सहित नियन्त्रणमा


प्रेस विज्ञप्ति- मिति २०७६।०५।०४ गते
-----------------------------------------

जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक मोहन यादबले महोत्तरी जिल्ला अदालतमा दर्ता भएको मुद्दाको सम्बन्धमा स्थलगत नापजाँच गरी घर नक्शा अनूसार नभएको भनि विभिन्न बहाना बनाइ उक्त  मुद्दा मिलाई दिन्छु भनि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिई गएको टोलीले निज नापी सर्वेक्षक मोहन यादबलाई सेवाग्राहीबाट घुस/रिसवत वापतको रकम रू.१,५०,०००।– (अक्षरुपी एक लाख पचास हजार) लिइसकेको अवस्थामा उक्त रकम सहित जलेश्वर नगरपालिका  वडा नं. २, खैरा चौकबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

 

Download