मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर घुस रकम सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।०४ गते ।
------------------------------------------

मालपोत कार्यालय कास्कीमा कार्यरत मालपोत अधिकृत अविनाश कुँवरले रजिष्ट्रेशन पास गर्न नियमानुसार आवश्यक सबै कागजात प्रमाणसहित पेश गर्दा पनि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले  निज मालपोत अधिकृत अविनाश कुँवरलाई सेवाग्राहीसँग रु.५९,०००।– (अक्षरुपी उनान्साठी हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा पोखरा महानगरपालिका वडा नं ७ मुस्ताङ्ग चोक नजिकैबाट मिति २०७६।०५।०३ गते नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download