Online
Complaint
visit nepal logo

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

दिब्येश्वरी जग्गा एकिकरण आयोजना, सानोठिमी,भक्तपुरमा कार्यरत नायव सुब्बा देउमान कडरिया उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।०३ गते ।
------------------------------------------
दिब्येश्वरी जग्गा एकिकरण आयोजना, सानोठिमी भक्तपुरमा कार्यरत नायव सुब्बा देउमान कडरिया विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

निजले जग्गाको लालपुर्जा बनाईदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज नायव सुब्बा देउमान कडरियालाई सेवाग्राहीसँग रू.५०,०००।–(पचास हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा  लिएको थियो ।

अनुसन्धानको क्रममा निज नायव सुब्बा देउमान कडरियाले सेवाग्राहीलाई नियमानुसार उपलब्ध हुने जग्गाको लालपूर्जा दिनको लागि सिफारिस उपलब्ध गराउने प्रक्रियामा आफ्नो जिम्मेवारी ओहदा र पदीय दायित्व समेतको ख्याल नगरी विभिन्न बरबहानामा बार्गेनिङ गरी बदनियतपूर्वक सेवाग्राहीलाई घुस /रिसवत  दिन बाध्य पारी रू. ५०,०००।–(पचास हजार) घुस /रिसवत रकम लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निज देउमान कडरियालाई बिगो रू ५०,०००।–(पचास हजार)  कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला 

Download Now
  

Other Press Release

सुर्खेत जिल्ला चौकुने गाउँपालिका वडा नं. १ स्थित कोटदरवार सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष बलबहादुर कठायत उपर बिगो रु. ७९,०००।– कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर।
2020/02/26
छोटी भन्सार कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारी उपर बिगो रु. १,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोपपत्र दायर।
2020/02/26
डुङ्गेश्वर गाउँपालिका वडा नं. ५, दैलेखस्थित श्री पिपल चौतारा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा डुङ्गेश्वर गाउँपालिका वडा नं. ५ का वडा सदस्य भक्त बहादुर शाहीसमेत ४ जनाउपर प्रश्नपत्रको गोपनियता भंग गरेको सम्बन्धमा आरोपपत्र दायर।
2020/02/26
वेशिशहर नगरपालिका, नगरपालिकाको कार्यालय, गण्डकी प्रदेशमा तत्काल कार्यरत टा.ना.सु. गिता अधिकारी उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2020/02/25
आन्तरिक राजस्व कार्यालय, भरतपुर, चितवनमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर।
2020/02/25
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमल, काठमाडौंका अंजु रंजितकार उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2020/02/25
नेपाल विद्युत प्राधिकरण, कालिगण्डकी ए जलविद्युत आयोजना, स्याङ्जाका सुपरभाईजर चक्रपाणी भट्टराई उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2020/02/25