डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख हरि कुमार पोखरेल समेत ५ जना घुस रकम सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०४।२४ गते ।
------------------------------------------
 
डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख हरि कुमार पोखरेल समेत ५ जना घुस रकम सहित नियन्त्रणमा ।
--------------
डिभिजन सडक कार्यालय, पोखरा अन्तर्गत सडक स्तरोन्नतीका लागि सम्झौता भई काम सुरू गर्नका लागि पेश्की निकासा गरे बापत जी.एस.आर. निर्माण सेवा, पोखराका प्रोपाइटर र डिभिजन सडक कार्यालयका कर्मचारी बीच घुस/रिसवत लिने/दिने भ्रष्टाचारजन्य कार्य भइरहेको भन्‍ने गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीद्वारा दुई पक्षबीच लेनदेन भइसकेको अवस्थामा घुस रिसवत वापतको रकम रू.९,००,०००।– (नौ लाख रूपैयाँ ) सहित उक्त  डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख हरि कुमार पोखरेल, इञ्‍जिनियर पवित्रमणी आचार्य र कार्यालय सहयोगीहरु (सन्देश लम्साल र शिवराम शर्मा) लाई डिभिजन सडक  कार्यालयको सरकारी निवासबाट मिति २०७६/०४/२३ गते नियन्त्रणमा लिइएको छ ।
साथै घुस बापतको रकम दिए लगत्तै उक्त डिभिजन सडकको सरकारी निवासबाट फरार भएका जी.एस.आर. निर्माण सेवाका प्रोपाइटर ऋषि गौतमलाई जिल्ला प्रहरी कार्यालय, कास्कीको सहयोगमा नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।
 
प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download