सल्यान जिल्ला, साविक काप्रेचौर गा.वि.स. तत्कालीन गा.वि.स.सचिव टेक बहादुर डाँगी (क्षेत्री) समेत २ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०४।२३ गते ।
--------------------------------------------  
सल्यान जिल्ला, साविक काप्रेचौर गा.वि.स. तत्कालीन गा.वि.स.सचिव टेक बहादुर डाँगी (क्षेत्री) समेत २ जना उपर आरोप-पत्र दायर गरिएको ।
-----------------------------------------------
सल्यान जिल्ला, साविक काप्रेचौर गा.वि.स. मा लक्षित वर्गको कार्यक्रम अन्तर्गत बालबालिकाको कार्यक्रमको लागि छुट्याईएको रकम रू.१,०३,०००।- हिनामिना गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा साविक काप्रेचौर गा.वि.स. तत्कालीन गा.वि.स.सचिव टेक बहादुर डाँगी (क्षेत्री) ले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ)  बमोजिम कसुर गरेको पुष्टि भएको हुँदा नीज प्रतिवादी उपर बिगो रु.३३,८६०।- (अक्षेरुपी तेत्तिस हजार आठ सय साठी रुपैया) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी बिगो असुल उपर हुन माग दावी लिइएको । त्यस्तै बाल सरक्षण तथा सम्बर्द्धन उप-समितिका संयोजक खगेन्द्र बस्याल सार्कीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सोही कसुर गरेको पुष्टि भएको हुँदा नीज प्रतिवादी खगेन्द्र बस्याल सार्की उपर बिगो रु.३३,८६०।- (अक्षेरुपी तेत्तिस हजार आठ सय साठी रुपैया) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन माग दावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ । 


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14